काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।
सुनको मूल्य आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
हिजो विहीबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूलमा कारोबार हुने महासङ्घले जनाएको छ ।