विराटनगर । थ्री स्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।
थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो ।
उपाधिसँगै थ्री स्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।
थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्री स्टारले उपाधि हात पारेको थियो ।
विजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकपका संयोजक नवीन रिजालगायतले पुरस्कार वितरण गरे ।