धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

न्युजलय २७ पुस २०८०, शुक्रबार ०३:३६ मा प्रकाशित

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेका एक युवाले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

ससुराली घरमा पारिवारिक झमेला मिलाउन बसिरहेको समयमा श्रीमान असफल कुरुम्बाङले श्रीमती गोमा फियाकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीकाअनुसार श्रीमतीलाई हतियार प्रहार गर्दा छुट्ट्याउने क्रममा सासु कान्छिमाया र स्थानीय महेन्द्र श्रेष्ठसमेत सख्त घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि झापाको बि एण्डसी अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

उनी मिक्लाजुङबाट घर झगडा मिलाउनका लागि ससुराली आएका थिए ।