काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारी किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
१६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त मालिगाउँले अधिकारीलाई कात्तिक १६ गते बलात्कार आरोपमा ठमेलबाट पक्राउ गरेको हो।
आफूमाथि बलात्कार गरेको भन्दै कात्तिक ८ गते किशोरीले उनीविरूद्ध जाहेरी दिएकी थिइन्। जाहेरीको परेको आठ दिनपछि प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो।
उनीमाथि मालिगाउँ वृत्तले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।