घट्यो सुनको मूल्य

न्युजलय २४ असोज २०७९, सोमबार ०५:०२ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँ घटेर ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको हो ।