कराँतेका १७ खेलाडी नेपालको प्रतिनिधित्व गर्दै भारत जाने

न्युजलय ७ बैशाख २०७९, बुधबार ०१:०१ मा प्रकाशित

काठमाडौं । बैशाख १० र ११ मा हुने स्पोर्टस् फेस्टिभल २०२२ मा नेपाली खेलाडी सहभागी हुने भएका छन् । भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।


खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख कोच तथा जापान गोजुरियो कराँते डो मिसन संघका संस्थापक काजी रानाले बताए । प्रतियोगितामा स्वर्ण पदक विजेताहरु सन्तु दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बुढाथोकी लगायत खेलाडीको सहभागिता रहनेछ ।