एजेन्सी । ९ वर्षपछि रियल म्याड्रिडले कोपा डेल रे को उपाधि जितेको छ। ओसासुनामाथि २–१ को जित निकाल्दै च्याम्पियन बनेको हो।
रियललाई रोड्रिगोले १०६ सेकेन्डमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनले स्पेनस कपको फाइनलमा १७ वर्षपछि सर्वाधिक छिटो गोल गरे।
दोस्रो पटक कोपा डेल रेको फाइनल खेलेको ओसासुनाका लुकास टोरोले ५८ औ मिनेटमा गोल गर्दै ओसासुनालाई बराबरीमा ल्याए । तर ७० औं मिनेटमा रोड्रिगोले ब्यक्तिगत दोस्रो गोल गर्दा रियलले उपाधि जित्न सफल भयो । रियलको यो २० औं कोपा डेल रेको उपाधि हो।