मकालु आधार शिविर घुम्न गएका एक जनाको लेक लागेर मृत्यु

न्युजलय ६ मङ्सिर २०८२, शुक्रबार ११:५० मा प्रकाशित

सङ्खुवासभा । सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक जनाको लेक लागेर मृत्यु भएको छ ।

मकालु आधार शिविर घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

मेलुङ–७ का कार्कीलाई मकालु आधार शिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो ।

मकालु आधार शिविरको करिब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मङ्गलवार मृत्यु भएको हो ।

मकालु आधार शिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको प्राप्त सूचनाअनुसार प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घटनाको जानकारी मङ्लबार प्राप्त भए पनि भौगोलिक विकटताका कारण बिहिबार दिउँसो मात्र प्रहरी घटनास्थल पुगेको हो ।

मृतकको शव हेलिकप्टरमार्फत उद्धार गरी शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी मकालुबाट पाँच दिनको पैदल दूरीमा पर्दछ ।