विश्वकप फाइनलअघि टिममा फ्लु फैलिएपछि फ्रान्स तनावमा

न्युजलय ३० मङ्सिर २०७९, शुक्रबार ०६:३७ मा प्रकाशित

काठमाण्डौ । फिफा विश्वकपको आइतबार हुने फाइनलको तयारीमा रहेको फ्रेन्च फुटबल टिममा फैलिएको फ्लुबाट तीन खेलाडी ग्रसित भएका छन्। 

मोरक्कोविरुद्ध बुधबार भएको क्वार्टरफाइनलमा सोही फ्लुका कारण एड्रियन राबियो र डायोट उपामेकानो खेलेका थिएनन्।

त्यो दिन टिममा भएर पनि प्रयोगमा नआएका किङ्स्ले कोम्यानलाई पनि फ्लु देखिएपछि फ्रेन्च प्रशिक्षक र उनको टेकनिकल टिम तनावमा परेको छ।

देस्च्याम्पको फ्रान्सले आइतबार राति ८ः४५ बजे उपाधिका लागि अर्जेन्टिनाको सामना गर्दैछ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो।

फ्रान्सलाई पराजित गर्न सके अर्जेन्टिनाले १९८६ पछि पहिलो र समग्रमा तेस्रो पटक विश्वकप जित्ने छ। चार वर्षअघि रुसमा विश्व विजेता बनेको फ्रान्स भने १९६२ मा ब्राजिलपछि पहिलो पटक उपाधि रक्षा गर्ने अभियानमा छ।