सोलु हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

न्युजलय २९ कार्तिक २०८२, शुक्रबार ०५:२० मा प्रकाशित

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १० अर्ब रुपैयाँ बराबरकाको २० प्रतिशतले आउने २ करोड कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँ दरले निष्काशनका लागि अनुमति पाएको थियो ।

जस अनुसार कम्पनीले पहिलो चरणमा १ करोड कित्ता शेयर स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता सेयर वैदेशीक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त आइपीओमा न्यूनतमः १० कित्ता र अधिकतमः १ लाख कित्ता कित्तासम्म आवेदन दिन सकिनेछ ।