एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा रहेको भान्साले स्वास्थ्यमा राम्रो वा नराम्रो प्रभाव पार्नुका साथै व्यक्तिको उन्नति पनि गर्छ ।
त्यसैले भान्साको भूमिका महत्वपूर्ण मानिन्छ । भान्सा कोठालाई सही दिशामा राख्नुका साथै त्यहाँ राखिने सामाग्रीहरुबारे पनि विशेष ध्यान दिनुपर्छ ।
जान्नुहोस् वास्तुशास्त्र अनुसार भान्सा कोठामा राख्न नहुने चीजहरू–
भान्साकोठामा कहिलेकाँही भाँडाकुँडा फुट्छन्। त्यस्ता फुटेका सामानहरु तुरुन्तै भान्साबाट हटाउनु पर्छ। यस्ता भाँडाहरूले घरमा नकारात्मक ऊर्जा बढाउँछ। अनि घरपरिवारमा बस्ने मानिसको उन्नति प्रभावित हुने वास्तुशास्त्रमा उल्लेख छ ।
वास्तुशास्त्र अनुसार भान्सा कोठामा झाडू राख्नु हुँदैन । झाडुमा फोहोर हुन्छ । भान्साकोठामा झाडु राख्दा यसले नराम्रो उर्जा पैदा गर्छ ।जसका कारण घरका सदस्यहरुको स्वास्थ्यमा नराम्रो असर पर्छ । आर्थिक अवस्था बिग्रन थाल्ने वास्तुशास्त्रमा उल्लेख छ ।
वास्तुशास्त्र अनुसार किचनमा कीटनाशक पनि राख्नु हुँदैन। यसले नकारात्मक ऊर्जा बढाउँछ। यसका साथै खाने ठाउँमा कीटनाशक औषधि राख्नु निकै खतरनाक साबित हुन सक्छ ।
वास्तुशास्त्रका अनुसार भान्साकोठामा गल्तिले पनि ऐना राख्नु हुँदैन । किनभने यसले घरमा नकारात्मक ऊर्जाको प्रभाव बढाउँछ। यससँगै घरमा परिवारका सदस्यहरूबीच आपसी मनमुटाव बढ्छ ।