सुनसरीमा भेटियो १ सय १८ किलो गाँजा

न्युजलय २९ माघ २०८०, सोमबार ०२:२८ मा प्रकाशित

सुनसरी ।  सुनसरीमा प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । भोक्राहा नर्सिङ गाउँपालिका–८ सोनियामोडस्थित मकैबारीबाट १ सय १८ किलो गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको बताइएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।