म्याकुरीले गरे विवाह

न्युजलय २८ असोज २०७८, बिहिबार ०१:२० मा प्रकाशित

काठमाडौ । कलाकार पवन खतिवडा (म्याकुरी) ले अन्तरजातिय र अन्तरदेशिय विवाह गरेका छन् । बुधबार उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् ।

“उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातिय र अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् ।

बुधबार आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बाधिएको उनले जानकारी गराएका हुन् । खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।