ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का ५९ वर्षीय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ ।
ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।