फोटो, भिडियो नखिच्‍न सप्तरी प्रशासनले सूचना जारी गरेपछि पत्रकार आन्दोलित

न्युजलय २५ साउन २०८०, बिहिबार ०१:३५ मा प्रकाशित

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको अनुमति बिना फोटो, भिडियो नखिच्न भनेर बुधबार सार्वजनिक सूचना जारी गरेपछि सप्तरीका पत्रकारहरु आन्दोलित भएका छन् ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधबार सूचना जारी गर्दै बिना अनुमति प्रशासन कार्यालय परिसरको फोटो, भिडियो खिची समाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राख्न नपाइने सूचना जारी गरेको थियो ।

प्रशासन कार्यालय सप्तरीको उक्त सूचना संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीविरुद्ध भएको नेपाल पत्रकार महासंघ सप्तरीले ठहर गर्दै बिहीबारदेखि आन्दोलन सुरु गरेको हो ।

नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडिबाट बिहीबार निस्केको पत्रकारहरुको विरोध र्‍याली राजविराज नगरका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि एक घन्टा धर्ना दिएको थियो ।