लेटाङ l १८ दिनदेखि बेपत्ता लेटाङ २ स्कुलचोककी १३ वर्षीया अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्।
उनको शव आज बिहान लेटाङ–बेलबारी सीमाको जंगलमा भीषण रुपमा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लेटाङले पुष्टि गरेको छ।
घटनापछि स्थानीय समुदाय शोक र आक्रोशमा छ। परिवार शोकमग्न छन् भने गाउँभर स्तब्धता छाएको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ l
स्थानीयवासीहरूले यो घटनाप्रति गहिरो आक्रोश प्रकट गर्दै दोषीलाई छिटो कानुनी कारबाही गर्न माग गरेका छन्।