धनकुटा । सहिदभूमी गाउँपालिका–४ खोकुबाट अवैध लागु औषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने क्रममा १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई शनिबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।