विराटनगर । विराटनगर महानगरपालिका–९ सोमबारेस्थित एक खाली घरमा जुवा खेलिरहेको अवस्थामा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलीले छापा मारेको हो।
खानतलासीका क्रममा जुवाजन्य तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ३ बुक तास, नेपाली नगद ४४,१६५ र भारतीय नगद २,५०० समेत बरामद गरेको छ।
हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।