सुनचाँदीको भाउ घट्यो

न्युजलय १० बैशाख २०८३, बिहिबार १२:१५ मा प्रकाशित

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कायम भएको छ।