म चुपचाप देशको घात सहि रहेको छु,
म प्रचण्ड भन्दा चतुर होइन,
म देउवा भन्दा कुटनैतिक छैन,
म ओली बाले झै उखानमा,
राष्ट्रियता गायर दुनियाँ बेफकुफ बनाउने,
ताकत राख्दिन,
मधाव नेपाल,झलनाथ र अरुझै,
ध्यान मग्न बकुल्ला बनेर,
सिकारी सन्त नि बन्न सक्दिन,
मध्य राती देशमा डरेलो झोसेर,
मैले दिएको मतदानको तातोले,
तिमीहरुले देश पोल्यौ है ?
दासताले बाधिएको तिम्रो स्वाभिमान भित्र,
मैले मेरा काचा सपनाहरु किन सेकाएछु नि,
आफु भित्रको औडाह कसरी पिउनु,
आफू जल्दा जल्दै कसरी जीउनु थाहै भएन
के हामी साच्चै केही गर्न सक्दैनौ त?
देशघातमा पर्दा....?
- नरेन्द्र युवन सुर्खेत