विराटनगर । मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धको उद्धार गरिएको छ।
बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि वनकर्मीले उद्धार गरेका हुन् । हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् ।
वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए ।
वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।
बेलबारी नगरपालिका ७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । वन अध्यक्ष गिरीले घटनाबारे प्रहरीलाई जानकारी गराइएको बताए ।