भोजपुर । डागींहाट युथ क्लब, मोरङ छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोजपुरको सदरमुकाममा जारी प्रतियोगितामा शनिबार मोरङले युके एफसी भारतलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा पुगेर सकिएको थियो ।
ट्राइबे्रकरमा डागींहाट युथ क्लबका लागि विवेक राई, प्रविण राई, धिरेन विष्ट र सन याख्याले गोल गरे । युकेएफसि भारतका पेमा लामा, तुसार विश्वकर्मा र साहिल राईले मात्र गोल गर्न सके । मोरङका गोलरक्षक चरी लिम्बु म्यान अफ दी म्याच घोषित भए ।