भ्रष्टाचार मुद्दामा बयान दिन नेयमार अदालत पुगे, २ वर्ष जेल सजाय हुन सक्ने

न्युजलय २ कार्तिक २०७९, बुधबार ०२:२५ मा प्रकाशित

काठमाडौं । ब्राजिलको फुटबल टोलीका स्टार खेलाडी नेयमार भ्रष्टाचारको मुद्दामा बयान दिन अदालत पुगेका छन् । मङ्गलबार स्पेनको एक अदालतमा पुगेर बयान दिएका नेयमारले आफ्ना बुबाले दिएको कागजातमा मात्र आफूले हस्ताक्षर गरेको र गल्ती नगरेको दाबी गरेका छन् ।


करिब एक दशकअघि ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा उनको स्थानान्तरणमा भएको अनियमितताको आरोप लागेपछि उनी मुद्दामा छन्। उनका बुबा मुद्दामा आफ्नो छोराले कुनै गल्ती नगरेको बताएका छन्।


मुद्दामा दोषी ठहर भएमा नेयमारलाई २ वर्षको जेल सजाय र ९ दशमलव ७ मिलियन डलर जरिवाना हुनेछ । नेयमार अहिले फ्रान्सेली क्लब पीएसजीमा छन् ।