काठमाण्डौ । बुधबार(आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९२ अंकको वृद्धि देखिएको छ ।
यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ । हिजो मंगलबार पनि उकालो लागेको सेयर बजारमा ५६ अंकको सुधार आएको थियो ।
२४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ ।
यसक्रममा ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको कारोबार भएको छ । यो अघिल्ला दिनहरूकोभन्दा बढी कारोबार रकम हो ।
बजार ९२ अंकले बढेको दिन कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । सबैभन्दा बढी जिवन बीमा समूहमा ५०२ अंकको, निर्जीवन बीमा समूहमा ४८७ अंकको र उत्पादनमूलक समूहमा ४५२ अंकको सुधार आएको छ ।
यस्तै, विकास बैंक समूह २३० अंक, व्यापार समूह २०२ अंक र लघुवित्त समूहमा १८२ अंकको सुधार आएको छ ।