२०७८ साल कार्तिक ७ गते अाईतबार

तीर आक्रमणस् नर्वेमा धनुकाण आक्रमणमा पाँच जनाको मृत्यु

न्युजलय २८ असोज २०७८, बिहिबार ०७:०१ मा प्रकाशित

बीबीसी । नर्वेमा धनुकाण आक्रमणमा परी कम्तीमा पाँच जनाको ज्यान गएको छ। अरू दुईजना घाइते भएको विवरणमा जनाइएको छ।

राजधानी ओस्लोदेखि दक्षिण पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको कुरा प्रहरीले स्थानीय समय अनुसार साँझ ६ बजेर १३ मिनेटमा थाहा पाएको थियो।

सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको प्रहरी प्रमुखले बताएका छन्।

सन्दिग्ध व्यक्तिले एक्लै आक्रमण गरेको प्रहरीको अनुमान छ।