जापानको नागोयामा एक नेपाली युवकको मृत्यु

न्युजलय २९ असोज २०७९, शनिवार ०८:२५ मा प्रकाशित

काठमाडौं । जापानको नागोयामा पोखराका एक युवकको मृत्यु भएको छ ।


पोखरा १६ बाटुलेचौर घर भएका करिब ४० बर्षीय सन्तोष खड्काको ब्लड प्रेसरका कारण शुक्रबार साँझ उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।


दुई दिन पहिले ब्लडप्रेसर बढेपछि अस्पताल भर्ना गरिएका खड्कालाई डाक्टरहरुले तत्कालै अप्रेशन गरेपनि स्वास्थ्यमा सुधार हुन नसकेको बताएका थिए ।


अस्पतालले दिएको जानकारी अनुसार खड्काको उपचार कै क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।


एक श्रीमती एक छोरी र एक छोरा रहेका खड्काको परिवार यस पटक उनीसँगै दशै मनाउन जापान पुगेका थिए ।


राति सामान्य अवस्थामा सुतेका खड्का बिहान ढिलो सम्म नउठेपछि श्रीमतीले उठाउन खोज्दा नउठेपछि बेहोस अवस्थामै अस्पताल भर्ना गरिएको थियो । अस्पतालका डाक्टरका अनुसार ब्लडप्रेसर हिट भएका कारण अप्रेशन गर्नु पर्ने बताएका थिए ।


खड्काको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल लगिने वा जापानमै अन्तेष्टि गर्ने बारे परिवारको सल्लाह पछि जानकारी दिइने जनाइएको छ ।