काठमाडौँ । शुक्रबार (आज) सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदि व्यवसाय महासंघको अनुसार हिजो प्रतितोला ९८ हजारमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९७ हजार ७ सयमा कारोबार हुने छ ।
यस्तै, हिजो प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको तेजाबि सुन आज ९७ हजार २ सयमा कारोबार हुने भएको छ ।
यस्तै, आज चाँदिको मुल्य हिजोको तुलनामा १५ रुपैयाले घटेको छ । हिजो एक हजार २८० मा कारोबार भएको चाँदि आज एक हजार २६५ मा कारोबार हुने महासंघले जनाएको छ ।