प्लेयर अफ दि सिरिज बने करण केसी

न्युजलय २ असार २०७९, बिहिबार ०२:४८ मा प्रकाशित

काठमाडौं । आईसीसी  क्रिकेट विश्वकप लिग-टु अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका करण केसी प्लेयर अफ द सिरिज बनेका छन् ।


टेक्ससमा बिहीबार सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेमा हुन् ।


अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृङ्खलामा कुल १३ विकेट लिएका थिए । उनले ओमानविरुद्ध दुवै खेलमा ५(५ विकेट लिएका थिए भने अमेरिकाविरुद्ध पहिलो खेलमा विकेट लिन सकेनन् ।


ब्याटिङमा भने यस पटक करणको ब्याट चलेन । खेलमा ब्याटिङ गर्दा उनले जम्मा ९ रन मात्र बनाए ।