देशभर आज थप ३८ जनामा कोरोना पुष्टि

न्युजलय १९ चैत २०७९, आइतबार ०६:२३ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ जना पुगेको छ। चैत पहिलो हप्तासम्म १० जनाभन्दा थोरै रहेको सक्रिय संक्रमितको संख्या पछिल्लो एक हप्ता यता बढ्दै गएको संक्रमण दरले देखाएको हो। 

आज (आइतबार) ३८ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय १ जनामा गरिएको परीक्षणमा ३८ जना संक्रमित थपिएका हुन्। आइतबार १४ जना संक्रमणमुक्त भएका छन्। शनिबार पनि ३८ जना संक्रमित थपिएका थिए। 

गत २४ घन्टामा नेपालभर १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।