धरान । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटकीय स्थल भेडेटारमा ११ औ फुड फेस्टिबल हुने भएको छ । पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले फुड फेस्टिबल हुन लागेको हो ।
डिसेम्बर ३१ देखि जनवरी २ तारिख सम्म फेस्टिबल हुने भेडेटार फुड फेस्टिबलका अध्यक्ष तुम राज लिम्बुले बताए ।
फेस्टिबलमा राई, लिम्बु, मगर, गुरुङ, याम्फु, तामाङ र नेवारी खानाका परीकारहरुको स्वाद लिन सकिनेछ । फेस्टिबलमा खानाका स्टल स“गै स्थानिय तरकारी तथा फलफुल, हस्तकला, कृषि तथा घरेलु उत्पादनको सामाग्री समेत राखिने छ । पर्यटकले फेस्टिबलमा माउण्टेन बाईक र प्याराग्लाईडिङको समेत मज्जा लिन सक्ने सक्नेछन् ।
विगतको तुलनामा यसपल्ट मौलिक परम्परागत संस्कृतिलाई समेत जोड दिएको अध्यक्ष लिम्बुले बताए । २०६८ सालदेखि भेडेटार फुड फेस्टिबल सुरु भएको हो । यस वर्षको उत्सवमा ३० हजार पर्यटक भित्राउने लक्ष्य रहेको छ ।