काठमाडौँमा फेरि डाक्टरमाथि हातपात, दुईजना पक्राउ

न्युजलय १४ असोज २०८०, आइतबार ०८:५८ मा प्रकाशित

काठमाडौं । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका छन् । 


आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै कुटपिट भएको हो । 



डाक्टरमाथि कुटपिट गरेको आरोपमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई प्रहरीले पक्रनाउ गरेको छ । 


डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका उनीहरुले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।