नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो विनयी त्रिवेणी गाउँपालिका–१ लक्ष्मीटाँडीका ६३ बर्षीय जिवबहादुर थिङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विहान घरदेखि पाँच सय मिटर परको जंगल तिनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला थिङलाई बाघले आक्रकण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।