मोरङमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

न्युजलय १६ जेठ २०८१, बुधबार ०१:३० मा प्रकाशित

विराटनगर । मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । 

बेलबारी नगरपालिका–२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकाश तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।