नेप्से ५८.०५ अंकले घट्यो

न्युजलय ११ चैत २०८१, मङ्गलबार ०३:४९ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ५८.०५ अंकले घटेको छ । दुई दशमलव १९ प्रतिशतले घटेर २५८२.७३ विन्दुमा ओर्लिएको छ ।

आज ४ कम्पनीको सेयर मूल्य बढ्यो भने २४० कम्पनीको मूल्य घट्यो । कुल ६२ हजार २१ पटकको सेयर किनबेचबाट ५ अर्ब १८ करोड ७ लाख १८ हजार रूपैयाँको कारोबार भएको छ । आज १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भयो ।

आज सबै उपसमूहहरु घटे । सबैभन्दा बढी जीवन बिमा, निर्जिवन बिमा, विकास बैंक र होटल तथा पर्यटन उपसमूह रह्यो ।