इटहरी । विश्व आदर्श सेकेण्डरी स्कुलले विविध कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको छ ।
अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा अविभावक दिवस मनाइएको हो ।
अविभावक दिवसका अवसरमा विश्व आदर्श कलेजका सञ्चालक उपेन्द्र मेहतालाई भौतिक शास्त्रमा विद्यावारिधी गरेकोमा प्रोत्साहन सहित सम्मान गरियो । अविभावक दिवसका अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी पौडेलले शिक्षा र स्वास्थ्यको विकासलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै विश्व आदर्श स्कुलले शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएकोमा सह्रना गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक गणेश कुमार दुलालले स्थापनाकालमा थोरै विद्यार्थी र भाडाको घरबाट सुरु गरिएको स्कुल अहिले आफ्नै भवन र सुविधासम्पन्न पुर्वाधारका साथ सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार अहिले एकेडेमीमा ३२ सय विद्यार्थी अध्ययनरत रहेको बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले विश्व आदर्शले समयानुकुल प्रविधिमैत्री र बाल मनोविज्ञानमा आधारित भएर पठनपाठन गर्दै आएको जानकारी दिए । कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई, नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेशकुमार भट्टराई, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।