विराटनगर । अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड ४३ लाख मूल्य बराबरको धानमा क्षति भएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो ।
वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् चार करोड बराबरको तरकारीमा क्षति पुगेको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ ।
कोशी प्रदेशमा कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पुर्याएको जनाइएको छ ।
जिल्लागत रुपमा सुनसरीमा ४५ करोड ३१ लाख ७२ हजार मूल्य बराबरको धानबालीमा नोक्सान भएको हो ।