मेष । छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दुविधा उत्पन्न भएको ठाउँमा शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।
वृष । सामाजिक संघ समारोहमा सम्मलित भइएला। कार्यक्षेत्रमा चुनौती पन्छाउँदै नयाँ अवसर निर्माण गर्न सकिनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। मनमा अरुको लागि परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
कर्कट । साझेदारी व्यापारमा लाभ रहनेछ। नयाँ अवसरको खोजीमा आफन्तहरूबाट टाढा जानुपर्ला। व्यावहारिक पक्ष मजबुत रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह । स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
कन्या । कार्यक्षेत्रमा सहयोगी र आफन्तहरूको साथ पाइनेछ। विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ। आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
तुला । समयको बाध्यताले काम समयमा पूरा नहुँदा मन खिन्न रहनेछ। व्यवसायमा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। जग्गा जमीनबाट राम्रो लाभ उठाउन सकिएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक । नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोला। विभिन्न भौतिक संसाधन जुटाउन सकिनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
धनु । व्यवसायिक कामले यात्राको अवसर दिलाउनेछ। मौसम बिमारीबाट जोगिनुहोस्। माननीय जनहरूको सहयोगले रोकिएका कार्य बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मकर । परिश्रमले भविष्यको बाटो निर्माण गर्न सकिनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। कानुनी मुद्दा मामलामा विजय प्राप्त गर्न सकिनेछ। रोग र शत्रु दुवै कुरा पन्छिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ । विद्यार्थीहरूलाई परीक्षामा सोचेजस्तो अनुकूल परिणाम नमिल्ला। इर्ष्या गर्ने वा साइनो गास्नेहरूबाट सावधान रहनुहोला। दिगो लाभ हुने कामको रूपरेखा निर्माण गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
मीन । महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन्। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। चुनैतीपूर्ण काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। अग्रज वा सहयोगीहरूको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
स्रोत हाम्रोपात्रो