काठमाण्डौ । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फेरि जुम्ल्याहा सन्तानका बुवा बन्ने भएका छन् ।
उनकी प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चा पाउने भएकी हुन्। रोनाल्डोले आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै आफूहरू जुम्ल्याहा बच्चा पाउने आशमा रहेको बताएका हुन्।
उनले आफ्नी प्रेमिका रोड्रिगेजसँग मुस्कुराउँदै सोनोग्राफी रिपोर्ट देखाइरहेको तस्वीर सार्वजनिक गरेका हुन्। जसमा जुम्ल्याहा बच्चा भएको देखिन्छ।
रोनाल्डो रोड्रिगेजसँग सन् २०१६ देखि सम्बन्धमा छन्।
रोनाल्डोका अहिले चार बच्चा छन्। ११ वर्षीय क्रिस्टियानो जुनियर, चार वर्षका जुम्ल्याहा मारिया र मेटियो र तीन वर्षीया छोरी अलाना मार्टिना उनका चार बच्चा हुन्।
बिहीबार उनले आफ्ना बच्चाहरूसँगको तस्वीर समेत हालेका थिए।