इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

न्युजलय १८ साउन २०८१, शुक्रबार ०१:५४ मा प्रकाशित

इटहरी । इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक व्यक्ति अन्दाजी ४० वर्षका पुरुष हुन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृतक व्यक्तिको पहिचान भइसकेको छैन ।

इटहरी ६ स्थित विराटनगर जाने मोडमा साइकलयात्रीलाई प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको इटहरी प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।