काठमाडौं । सोमबार(आज) नेप्से परिसूचक ५.०९ अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २००९ अंकसम्म पुगेको थियो ।
त्यसपछिः नेप्सेको वृद्धि खुम्चिँदै परिसूचक ५ अंक बढेर १९९८ अंकमा पुगेर रोकिएको हो ।
०.२५ प्रतिशतले परिसूचक बढेपनि आज कारोबार रकम भने खुम्चिएको छ । आज नेप्सेमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ ।
यसक्रममा आज ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।