राष्ट्रिय माविको अध्यक्षमा कोविदजंग कार्की

न्युजलय १६ फाल्गुण २०८०, बुधबार ११:३२ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर १ स्थित श्री राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ ।  

अघिल्लो विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि पुनः अभिभावकहरुको भेलाले स्थानीय समाजसेवी कोविदजंग कार्कीको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ । 

समितिको सदस्यहरुमा लीलादेवी रम्तेल, पवित्रा रिजाल, नारायण प्रसाद पोखरेल, राजकुमार भण्डारी र गायत्रादेवि दाहाल रहनु भएको छ । जनप्रतिनिधिबाट पदेन सदस्यमा रतन कार्की चयन भएका हुन्  । त्यस्तै शिक्षक प्रतिनिधि सदस्यमा रोबनराज कार्की चयन हुनु भएको छ । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत सदस्य सचिव रहेकोे विद्यालयले जनाएको छ । 

इटहरी क्षेत्रमै नाम चलेका सामुदायिक विद्यालयहरुको सूचिमा पर्ने श्री राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समिति चयन भएसँगै विद्यालयको समग्र विकासमा सहयोग पुग्ने बताइएको छ । विद्यालयको थप उन्नयन तर्फ अभिभावक र शिक्षकहरुसँग सहकार्य गरेर अगाडि बढ्ने गठित व्यवस्थापन समितिका अध्यक्ष कोविद जंग कार्कीले बताऐ । कार्कीले व्यवस्थापन र राजनितिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । 

सामुदायिक विद्यालयको सञ्चालन, व्यवस्थापन तथा रेखदेख गर्नका लागि सामुदायिक विद्यालयमा  व्यवस्थापन समिति गठन हुँदै आएको छ ।