झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय १४ फाल्गुण २०८०, सोमबार ०२:३४ मा प्रकाशित

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा–९ चिया बगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका बराललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।

उनको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।