बढ्यो सुनचाँदीको मूल्य

न्युजलय ६ बैशाख २०८०, बुधबार ०५:२२ मा प्रकाशित

काठमाडौं ।  बुधबार(आज) सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा २५० रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँ पुगेको छ। 

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको छ।