सुनको मूल्य घट्यो

न्युजलय १५ फाल्गुण २०७८, आइतबार ०४:४२ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । 

गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १४ सय रुपैयाँले घट्दै ९६ हजार ६०० रुपैयाँमा झरेको हो । 

यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा १४ सय रुपैयाँले नै घट्दै ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ४० रुपैयाँले घट्दै आज एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।