पक्राउ परे दुर्गा प्रसाईं

न्युजलय ५ जेठ २०८३, मङ्गलबार ११:३२ मा प्रकाशित

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति वीरगञ्जबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गर्‍यो । प्रसाईंलाई पक्राउ गर्न गएका बेला वादविवादसमेत भएको थियो । त्यतिबेला के कारणले पक्राउ गरिएको हो भन्ने प्रहरीले प्रष्ट बताएको थिएन ।

अहिले पनि प्रसाईं प्रहरी हिरासतमै छन् । 

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेको बताइएको छ ।

सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।