काठमाडौं । शुक्रबार(आज) सुनको भाउ घटेको छ ।
बिहीबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँ झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा तोलामा ५ रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।