नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार १२:५० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पाँच रिक्त पदका लागि शुक्रबार(आज) दरखास्त आह्वान गरेको छ।

प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतिय)का लागि ४५ जना, निर्देशक (अधिकृत तृतिय, लेखारलेखा परिक्षण) मा ६ जना र सहायक निर्देशक (अधिकृत तृतिय, वाणिज्य कानुन)मा २ जना माग गरिएको छ।

यसैगरि प्रशाशनतर्फ  सहायक निर्देशक (धिकृत तृतिय, सूचना प्रविधि)ंमा ५ र प्रशासनतर्फ सहायक (सहायक द्धितिय)का लागि २५ जना माग गरिएको छ।

तोकिएको दस्तुर तिरि पुष १५ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुष २२ गतेसम्म दरखास्त दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ।