साफ यू-२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

न्युजलय १६ साउन २०७९, सोमबार १२:४१ मा प्रकाशित

काठमाडौं । साफ यू-२० च्याम्पियनशिप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको छ । 


भुवनेश्वरमा भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप सात गोल खायो ।


भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरे ।


यो हारसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ, नेपालको ६ अङ्क छ । आज हारे पनि नेपालको फाइनल प्रवेश सम्भावना कायमै छ ।