नेप्से सूचक १३ अंकले घट्यो

न्युजलय १३ बैशाख २०८०, बुधबार ०९:१२ मा प्रकाशित

काठमाडौँ । नेप्से सूचकमा बुधबार (आज) पुनः १३ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १३.६८ अंकले घट्दै १८ सय ९२ अंकको विन्दुमा झरेको हो । 

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.११ अंकले घटेर ३६१.५५ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ ।

१३ अंकले नेप्से घट्दै गर्दा यता कारोबार समेत ८४ करोड ७० लाख २८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो दिन १७ अंकले बढेको बजारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज १३ वटा नै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । इन्भेष्टमेन्ट समूहको उपसूचक १.३३ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.३२ अंकले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०२ प्रतिशतले घटेका छन् भने अन्य उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् ।