बन्द हुने संघारमा किन पुग्यो सौर्य एयरलाइन्स ?

न्युजलय १२ असार २०८०, मङ्गलबार ०८:५७ मा प्रकाशित

काठमाडौं । नेपालमा पहिलो जेट इन्जिन जहाजमार्फत आन्तरिक उडान गर्ने एयरलाइन्सको पहिचान बनाएको सौर्य एयरलाइन्स आर्थिक संकटमा परेको छ । 


कम्पनीले खर्च कटौती गर्न ४० जना कर्मचारी हटाइसकेको छ। भारतको कुबेर समूहको समेत लगानी भएको यो एअरलाइन्सले जेट इन्जिन जहाज चलाउँदा घाटा व्यहोरिरहेको हो । मासिक ६ करोड रुपैया नोक्सानी व्यहोरिरहेकोले चाँडै बन्द हुने सम्भावना बढेको छ ।


एटीआर ७२ सिरिज जहाज ल्याउन सकेमा मात्र कम्पनि टिक्ने, नभए बन्द गर्ने समझदारीमा साझेदारहरु पुगेका छन् । 


कम्पनीले दुई वटा जहाजमार्फत दैनिक ५ वटा उडान गर्दै आएको छ। ‘काठमाडौं–भद्रपुर दुई तर्फी उडानमा जेट इन्जिनले २१ सय लिटर इन्धन खपत हुन्छ। जबकी बुद्ध, यतीको एटीआर जहाजले यसको आधा मात्र इन्धन खपत गर्छ । सिट पनि एटिआरमा २२ वटा बढी हुन्छ ।